च्याम्पियन्स लिग

रामोस पहिलो पटक पिएसजीको टोलीमा समावेश

पेरिस । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले पहिलो पटक स्पेनिस डिफेन्डर सर्जियो रामोसलाई समावेश गर्दै च्याम्पियन्स लिग खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेको छ ।

यसै सिजनको सुरुआतमा स्पेनिस क्लब रियाल मड्रिडबाट पिएसजी भित्रिएका रामोस पहिलो पटक टोलीमा समावेश भएका हुन् ।

 

पिएसजीले बुधबार राती च्याम्पियन्स लिगको दोस्रो लेगमा म्यानचेस्टर सिटीको सामना गर्दैछ । सिटीकै मैदान इतिहाद रंगशालामा हुने खेल बुधबार राती १ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघि सिटीविरुद्धको पहिलो लेगमा पिएसजी २–0 ले विजयी भएकाे थियो ।

पिएसजीको टोलीः केलर नाभास (गोलकिपर), असरफ हकिमी, प्रेस्नेल किम्पेम्बे, सर्जियो रामोस, मार्किन्होस, मार्को भेर्राटी, केलियन एमबाप्पे, लियन्ड्रो पाराडेज, माउरो इर्काडी, नेइमार, एन्जल डी मारिया, ड्यानिलो, कोलिन डाग्बा, जर्जिनीयो विज्नाल्डम, एनडर हरेरा, थिलो केहरेर, नुनो मेन्डिस, इन्द्रिसा गुये, डिना एबिम्बे, लियोनल मेसी, फ्रान्ची र डोनारुमा