आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसियाली छनोट

भुटानद्धारा नेपालसामू ६२ रनको लक्ष्य

दुबई । भुटानले मंगलबार आइसिसी महिला ट्वान्टी २० विश्वकपको एसिया छनोटमा नेपालसामू ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सयुक्त अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६१ रनको योगफल तयार गर्यो ।

भुटानकी गावांग चोदेनले सर्वाधिक १३ रन जोडिन् । त्यस्तै सोनाम पाल्दोनले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालकी सिता रानामगरले तीन विकेट लिइन् । त्यस्तै करुणा भन्डारीले एक विकेटहात पारिन् ।