म्यानचेस्टर युनाइटेड

ओल्मो भित्र्याउने युनाइटेडको चाहना

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस विंगर ड्यानी ओल्मो भित्र्याउने इच्छा देखाएको छ ।

युनाइटेडले जर्मन क्लब आरबी लाइपजिगबाट ओल्मो भित्र्याउन चाहेको हो । सन् २०२० मा क्रोएसियाको डिनामो जाग्रेबबाट लाइपजिग भित्रिएका ओल्मोले १०१ जर्मन बुन्डेसलिगा खेलमा १६ गोल गरेका छन् ।

ओल्मोले स्पान्योल र बार्सिलोनाको युवा टोलीबाट पनि खेलिसकेका छन् । पछिल्लो समय राम्रो लयमा रहेका ओल्मोलाई भित्र्याउन रियाल मड्रिड, म्यानचेस्टर सिटी, चेल्सी र टोटनहमले पनि चोसो देखाइरहेका छन् ।