विराट गोल्डकप

विराट गोल्डकपः आरटिएफसीको विजयी सुरुआत

विराटनगर । विभागीय टोली नेपाल पुलिस क्लबलाई निरास बनाउँदै भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) विराट गोल्डकपमा विजयी सुरुआत गरेको छ ।

विराटनगरको सहीद रङ्शालामा बिहीबार देखि सुरु भएको रात्रिकालीन प्रतियोगितामा आरटिएफसीलाई जित दिलाउन किन्ले ग्यालसेन, सिद्धार्थ गुरुङ र किन्जाङ तेन्जिङले गोल गरे ।

खेलको ३६औं मिनेटमा ग्यालसेनको गोलमार्फत आरटिएफसीले अग्रता लिएको थियो । ४०औं मिनेटमा गुरुङले टोलीको अग्रता दोब्बर बनाए ।

६३औं मिनेटमा तेन्जिङले गोल गर्दै आरटिएफसीलाई ३-० को सहज जित दिलाए ।

प्रतियोगितामा शुक्रबार त्रिभुवन आर्मी क्लब र  न्युरोड टिम (एनआरटी) भिड्ने छन् । यो खेल खेल साँझ ५ः ४५ बजेदेखि सुरु हुनेछ ।

गोल्डकप विजेताले ट्रफीसहित ११ लाख, उपविजेताले ५ लाख ५० हजार रुपैयाँ  प्राप्त गर्नेछन् ।