लुइस रुबियाल्स

रुबियाल्सलाई कैद सजाय माग

काठमाडौं । महिला फुटबल खेलाडीलाई इच्छा विपरीत चुम्बन गरेपछि विवादमा तानिएका स्पेनिस फुटबल महासंघका पूर्व अध्यक्ष लुइस रुबियाल्सलाई कैद सजायको माग गरिएको छ ।

स्पेनको महान्यायाधिवक्ता कार्यालयका अनुसार खेलाडीमाथि यौन दुर्व्यवहारको गम्भीर आरोपमा रुबिल्याल्सलाई २ वर्ष ६ महिनाको कैद सजाय माग गरिएको हो । 

फिफा महिला विश्वकप विजेता स्पेनिस खेलाडीलाई  तत्कालीन अध्यक्ष रुबियाल्सले पुरस्कार वितरण समारोहमा चुम्बन गर्दै बधाई दिएका थिए । सिड्नीको घटनापछि जेनी हर्मोसोले विनासहमती चुम्बन गरेको सामाजिक सञ्जालमा असन्तुष्टि पोखेकी थिइन् ।

विवादमा तानिएपछि रुबियाल्समाथि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुबियाल्समाथि सबै किसिमको फुटबल गतिविधिबाट तीन वर्षको लगाएको थियो । रुबियाल्सले फिफाको निणर्यविरुद्ध अपिल गरे पनि सफल भएनन् ।

फिफा महिला विश्वकप विजेता स्पेनिस खेलाडीलाई  तत्कालीन अध्यक्ष रुबियाल्सले पुरस्कार वितरण समारोहमा चुम्बन गर्दै बधाई दिएका थिए । सिड्नीको घटनापछि जेनी हर्मोसोले विनासहमती चुम्बन गरेको सामाजिक सञ्जालमा असन्तुष्टि पोखेकी थिइन् ।

विवाद चर्किएपछि रुबियाल्सले राजीनामा दिएका थिए ।