केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता

केपी ओली कपः उपाधिका लागि मछिन्द्र र एनआरटी भिड्दै

ट्रफीका साथ दुई टोलीका कप्तान

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा उपाधिका लागि शनिबार साविक विजेता मछिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल साँझ ५ बजे सुरु हुनेछ । मछिन्द्र एनआरटीलाई हराउँदै उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

विशाल श्रेष्ठको कप्तानीमा रहेको मछिन्द्रलाई विमल घर्तीमगर, स्टेफन समिर बिनोङ, हिसुब थपलिया, देवेन्द्र तामाङ, आयुश घलान जस्ता खेलाडीको साथ रहनेछ ।

मछिन्द्रले सेमिफाइनलमा भारतको  मानेभञ्ज्याङ फुटबल क्लबमाथि ५-० को सहज जित निकालेको थियो । 

एनआरटी पहिलो प्रयासमै च्याम्पियन बन्न चाहन्छ । पुजन होनाको एनआरटी सन्जिव विष्टले, विवेक गुरुङ, रिचर्ड विलियम्स, शिशिर लेखी रन्दीप पौडेल जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

एनआरटीले सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई ३-० ले पराजित गरेको थियो । 

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।