त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपालले  त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको लिग चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डसले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल आजको खेल जिल्दै फाइनल सम्भावना जिवितै राख्न चाहन्छ । यसअघि नामिबियासँग २० र नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको नेपालले नामिबियालाई तीन रनले हराएको थियो ।

नेपाली टोलीमा आज एक परिवर्तन भएको छ । शुक्रबार नामिमिबियासँग खेलेका अनिल शाह बेन्चमा रहँदा कुशल भुर्तेल टोलीमा फर्किएका छन् । 

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख,  कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलसन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अविनाश बोहोरा, आरिफ शेख