स्पेनिस ला लिगामा

मेरो क्लब भविष्य भगवानको हातमाः सेर्गी

मड्रिड । बार्सिलोनाका अन्तरिम प्रशिक्षक सेर्गी बर्जुआनले आफु स्पेनिस ला लिगा अन्तर्गत शनिबार सेल्टा भिगोविरुद्धको खेलमा  टोलीमा रहने वा नरहने टुङगो लागिनसकेको बताएका छन् ।

सेर्गीको प्रशिक्षणमा बार्सिलोनाले मंगलबार पहिलो जित हात पार्योे ।

च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ई’ मा बार्सिलोनाले डाइनामो किभलाई हराएको हो । गत साता स्पेनिस ला लिगामा रायो भालेकानोलाई नतिजा सुम्पिएपछि रोनाल्ड कोम्यान बर्खास्तगीमा परे । त्यसपछि सेर्गी अन्तरिम प्रशिक्षकका नियुत्त भएका थिए।

बार्सिलोनाले क्लबका पूर्व मिडफिल्ड जाभीलाई प्रशिक्षकका रुपमा भित्राउने तयारी गरिरहेको खबर सार्वजनिक भएको थियो । यस्तोमा सेर्गीले आफ्नो भविष्य भगवानको हातमा रहेको प्रतिक्रिया दिएका हुन् ।

‘डाइनामो किभविरुद्धको जित टोलीको दबाब कम गर्न महत्वपूर्ण थियो । यसबारे खेलाडीहरु पनि जानकार थिए,’ सेर्गीले भने, ‘अर्को खेल सम्म म बार्सिलोनाको प्रशिक्षक रहन्छु वा रहन्न थाहा छैन । तर म जुन दिन सम्म टोलीको प्रशिक्षणमा रहन्छु, म सधैं क्लबलाई सहयोग गर्न तयार छु । शनिबार सेल्टा भिगोविरुद्धको खेलमा म टोली प्रशिक्षणमा रहन्छु वा रहन्न भगवानलाई मात्र थाहा छ ।’