इङ्लिस लिग कप

ह्वाइट चोटका कारण नभई अस्वास्थ भएपछि मैदान बाहिर आएक हुन्ः अर्टेटा

लन्डन । लिडस् युनाइटेडलाई २० ले हराउँदै आर्सनलले इङ्लिस लिग कप (एएफएल) को क्वार्टरफाइनल टिकट पक्का गरेको छ  ।

सो खेलमा आर्सनलका बेन ह्वाइट मध्यान्तर लगत्तै मैदानबाट बाहिरिएका थिए । आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले ह्वाइट चोटका कारण नभई स्वास्थमा केही असहज महसुस गरेका कारण मैदानबाट बाहिर आएको बताए । 

अर्टेटाले आइतबार इङ्लिस प्रिमियर लिगको खेलअघि सम्म ह्वाइट पूर्ण रुपमा फिट हुँदै मैदान फर्कने समेत बताए ।

‘मैले पाबलो मारीलाई पहिलो रोजाईमा मैदान उतार्ने रणनिती लिएको थिए ,तर पूर्ण रुपमा फिट नभएका कारण मारीको स्थानमा ह्वाइटलाई खेलाइएको थियो’, अर्टेटाले भने, ‘दोस्रो हाफमा ह्वाइटको स्वास्थमा पनि समस्या आएका कारण उनलाई मैदानबाट बाहिर निकालिएको हो । उनी केही दिन देखी अस्वस्थ थिए तर आज उनको स्वास्थ अवस्थामा थप खराबी आयो ।’