इङ्लिस प्रिमियर लिग

रिस आर्सनलमा अनुबन्ध

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब आर्सनलले मिडफिल्डर डेक्लान रिस अनुबन्ध गरेको छ ।

आर्सनलले प्रिमियर लिग प्रतिद्धन्दी वेस्ट हमबाट रिसलाई १ सय ५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।

यससँगै रिस प्रिमियर लिगकै सर्वाधिक महँगो इङ्लिस खेलाडी बनेका छन् । वेस्ट हमले आर्सनलका दुई प्रस्तावलाई भने अस्विकार गरेको थियो।

२४ वर्षीय रिसले आर्सनलसँग ५ वर्षको सम्झौता गरेका छन् । उनीसँग थप १ वर्ष सम्झौता लम्बाउने विकल्प पनि रहनेछ ।

गत सिजन वेस्ट हमले ५७ वर्षपछि पहिलो युरोपियन ट्रफी जित्दा क्लबको कप्तानी रिसले नै गरेका थिए । वेस्ट हम गत सिजन युइएफए कन्फ्रेन्स लिग च्याम्पियन बनेको थियो ।

सन् २०१४ मा चेल्सीको युवा टोलीबाट वेस्ट हम भित्रिएका रिसले सन् २०१७ मा सिनियर टोलीका लागि डेब्यू गरेका थिए । रिसले २ सय ४ प्रिमियर लिग खेलमा १० गोल गरे ।