एरोन रामसे

रामसे कार्डिफ फर्किए

लन्डन । एरोन रामसे नयाँ सिजनका लागि पूर्व क्लब कार्डिफ फर्किएका छन । 

आर्सनल र युभेन्टसका पूर्व खेलाडी रामसे कार्डिफ फर्किएका हुन । 

म पुनः कार्डिफ फर्किएको छु र म निकै खुशी छु, रामसेले भने, मैले पहिला देखी नै पूर्व क्लब फर्कन्छु भनेर सोच बनाएको थिए । गत वर्ष मैले धेरै खेल गुमाए  । त्यसैले पूर्व क्लब फर्कने निर्णय लिए । मैले क्लबमा नभए पनि निरन्तर उनीहरुको खेल हेरिरहेको हुन्छु । 

कार्डिफसँग मेरो विशेष सम्बन्ध छ, उनले भने,मैले विगतमा पनि यो कुरा दोहोर्याउँदै आएको छु । 

रामसेको अनुबन्धमा साउदी प्रो लिगका क्लबले प्रस्ताव गरे पनि उनले त्यसलाई अस्विकार गरेका थिए । 

रामसेले वेल्सबाट ८१ खेल खेलेका छन । वेल्सले सन् २०१६ को युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाउँदा उनी टोलीका सदस्य थिए । 

गत सिजन उनले फ्रेन्च लिग वानको क्लब निसमा लोनमा बिताएका थिए ।