इङ्लिस प्रिमियर लिग

अवैध रूपमा प्रिमियर लिग प्रशारण गर्नेलाई जेल सजाय

काठमाडौं । अवैध रूपमा इङ्लिस प्रिमियर लिगका खेलहरु प्रशारण पाँच जनालाई जेल सजाय सुनाइएको छ ।

बेलायतको चेस्टरफिल्ड अदालतले मंगलबार अवैध रूपमा प्रशारण गर्ने पाँच जनालाई जेल सजाय सुनाएको हो ।

प्रिमियर लिगले पाइरेसी र प्रिमियर लिग खेलहरूको अवैध प्रशारणलाई रोक्न ऐतिहासिक निजी अभियोग ल्याएपछि पाँच जनालाई कुल ३० वर्षभन्दा बढी जेल सजाय सुनाइएको हो ।

३० देखि ४६ वर्ष उमेरका उनीहरुले बेलायतको सबैभन्दा ठूलो अवैध प्रशारण सेवाहरू सञ्चालन गरेका थिए । उनीहरुले अवैध प्रशारणमार्फत ५० हजार ग्राहकबाट सात मिलियन पाउन्ड भन्दा बढी कमाएका थिए  ।

गिरोहका प्रमुख ३६ वर्षीय मार्क गोल्डलाई ११ वर्षको तथा अन्य चार सदस्यलाई तीनदेखि पाँच वर्षभन्दा बढी कैद सजाय सुनाइएको छ ।