वैशाख २८, २०८२ आइतबार | १९:५६:२७
न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित

क्यानका अवैधानिक सचिव पाठकको नियुक्तीविरुद्ध कानुनी कारबाहीमा जाने अन्सारीको तयारी

काठमाडोैं । नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रिय सदस्य दाउद अन्सारीले सात दिन भित्र मुलपानी क्रिकेट मैदानको स्तरोन्नतिको आय व्ययलगायत ६ विषयमा लिखित रुपमा स्पष्ट पार्न माग गरेका छन ।

अन्सारीले क्यानका अध्यक्ष अध्यक्ष चतुरबहादुर चन्दलाई पत्राचार गर्दै मुलपानी क्रिकेट मैदानका साथै यल्लो प्यागोडा होटलको बिल भुक्तानी, लेभिन स्पोटर्सको बक्यौता रकम,एसिसी प्रिमियर कपको भुक्तानी, नेपाल टी२० को सेभेन थ्री स्पोटर्ससँगको भुक्तानी र कानुनी कारबाही तथा अवैधानिक सचिवका बारेमा स्पष्ट पार्न अनुरोध गरेका हुन ।

‘काठमाडौंको मुलापानीमा रहेको क्रिकेट मैदानको स्तरोन्नती कार्य अति आवश्यक रहेकाले उक्त कार्य सन्तोषजनकपूर्वक सम्पन्न गर्न पहल गर्नु भएका नेतृत्व तथा सहयोगी साथीहरुलाई धन्यवाद दिँदै उक्त स्तरोन्नतीको विस्तृत आय व्याय विवरण माग गर्दछु’,पत्रमा भनिएको छ,' क्यानले यल्लो प्यागोडा होटलमा विभिन्न कार्यक्रम गर्दै आएकोमा यस आ. व २०७९–८० शीर्षकसहित सम्पूर्ण भुक्तानीको बिल माग गर्दछु । अफ्रि २०२२ मा मलेसिया र पपुवा न्युगिनी तथा नेपाल र जिम्बाब्वेबीच भएको खेल आयोजनाको अधिकार लेभिन स्पोटर्सले पाएकोमा उक्त प्रतियोगिता गरेबापत लेभिन स्पोटर्सले क्यानलाई के कती रकम दिनु पर्ने हो ? क्यानले कती रकम पाएको छ ।यदी बाकी छ भने अध्यक्षज्युले सो रकम प्राप्तीका लागि के कस्तो पहल गर्नु भएको छ त्यसको जानकारी उपलब्ध गराइदिन हुन माग गर्दछु । '


‘हालै काठमाडौंमा सम्पन्न एसीसी प्रिमियर कपमा भएको विभिन्न शीर्षक मध्ये फेक्स, होर्डिङ प्रिन्टिङ,टेन्ट तथा क्याटरिङको बिल भरपाई उपलब्ध गराउनु माग गर्दछु',पत्रमा उल्लेख गरिएकोछ, 'नेपाली क्रिकेट इतिहासकै कालो धव्बाको रुपमा प्रमणित भैसकेको नेपाल टी२० आयोजक विवालित भारतीय कम्पनी सेभिन थ्री स्पोटर्स नेपाल टी२० बिचमै छोडी भागेकाले खेलाडीले म्याच फी को भुत्तानी हालसम्म नपाएको ,पुरस्कार राशी, म्यान अफ दी म्याच लगायतका भुत्तानी नभएको, सेभेन थैी स्पोटर्समाथिको कानुनी कारबाही रहस्मय बनेकोले सो सम्बन्धमा जानकारी गराउन माग गर्दछु ।’

त्यस्तै उनले कार्यवहाक सचिव दुर्गाराज पाठकको नियुक्तीबारे पनि स्पष्ट पारिदिन माग गरेका छन ।

‘अध्यक्षज्युले नियुक्ती गर्नु भएको अवैधानिक सचिव दुर्गाराज पाठक जुन विशेष साधरणसभाले ल्याएको हो त्यो विधान संशोधनको मस्यौदाबाट पनि उहाँ अवैधानिक भएको स्पष्ट हुन्छ । त्यसैले उहाँको सबै निर्णय र कार्य अवैधानकि हुने भएकाले मेरो फरक मत रहने छ र कानुनी कारबाहीको बाटो रहिरहनेछ,’ पत्रमा उल्लेख गरिएको छ ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP