सहिद स्मारक ए डिभिजन लिग

अंकदुरी घटाउने लक्ष्यमा मच्छिन्द्र

काठमडौ । सहिद स्मारक ए डिभिजन लिगमा आज सातदोबाटो युथ क्लबको सामना गर्दा साबिकको विजेता मच्छिन्द्र जितसहित शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडसँग अंकदुरी घटाउन चाहन्छ । 

मंगलबार एपिएफमाथि ४-१ को सहज जित निकालेको चर्च ब्वाइज २३ खेलमा ४१ अंकसहित शीर्ष स्थानमा छ । जुन तेस्रो स्थानको मच्छिन्द्रको भन्दा ५ अंक बढी हो । सातदोबाटोमाथिको जितले मच्छिन्द्र सो दुरी २ अंकमा झार्न चाहन्छ । दोस्रो स्थानको जावलाखेलको २३ खेलमा ३७ अंक रहेको छ । 

यता पछिल्लो तीन खेलमा लगातार पराजित भएको सातदोबाटो जित लयमा फर्कने लक्ष्यमा रहेको छ । २२ खेलमा २९ अंक जोडेको सातदोबाटो छैटौं स्थानमा छ । 

यी दुई टोलीबीचको खेल दिउँस ३ बजे एन्फा मुख्यालयमा हुनेछ ।

आजै च्यासल फुटबल मैदानमा हुने खेलमा थ्री स्टार क्लब र संकटा क्लब आमने सामने हुँदैछन । संकटाले पछिल्लो खेलमा चर्च ब्वाइजलाई हराएको थियो । यता थ्री स्टार भने पछिल्लो ११ खेलदेखी जितविहिन बन्दै आएको छ ।

दुवै टोली जितसहित रेलिगेशनबाट जोगिन चाहन्छन । ११औं स्थानको थ्री स्टार र १२औं स्थानको संकटाको समान २२ खेलमा समान २६ अंक छ । जुन १३ र १४औं स्थानको फ्रेन्ड्स क्लब र एफसी खुमलटारभन्दा मात्र २ अंक बढी हो ।