स्पेनिस ला लिगा

भ्यालेन्सियालाई जरिवाना

काठमाठौं । स्पेनिस क्लब रियाल मड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरलाई रंगभेदी दुर्व्यवहार भएपछि भ्यालेन्सियालाई जरिवाना लगाइएको छ ।

स्पेनिस प्रहरीले आइतबार मेस्टाला स्टेडियममा भिनिसियसलाई दुर्व्यवहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । स्पेनिस फुटबल संघ (आरएफइएफ) ले भ्यालेन्सियालाई ४५ हजार युरो जरिवाना लगाएको हो ।

यसैगरी भ्यालेन्सियाले पाँच खेलसम्म  मेस्टाला स्टेडियमकाे दक्षिण स्ट्यान्ड बन्द  गर्नु पर्नेछ  ।

क्लबलाई अपिल गर्न १० दिनको समय तोकिएको छ । आरएफइएफले भ्यालेन्सियाविरुद्ध रातो कार्ड ब्यहोरेका भिनिसियसलाई निलम्वन नगरिने जनाएको छ ।

आरएफइएफले भिनिसियसलाई बर्खास्त गर्ने रेफ्रीको निर्णय ‘तथ्यको निर्णायक अंशबाट वञ्चित’ भएको कारणले भएको बताइएको छ । भिनिसियसले विपक्षी फ्यानविरुद्ध रेफ्रीलाई रिपोर्ट गरेपछि खेल केहीबेर रोकिएको थियो । रियलले भिनिसियसमाथि भएको दुर्व्यवहारलाई घृणित अपराधको रूप रहेको बताएका छन् ।

भिनिसियस यस सिजनमा धेरै पटक रंगभेदी दुर्व्यहारको सिकार बनिरहेका छन् र पछिल्लो घटनाले उनलाई फुटबल संसारबाट समर्थन प्राप्त भइरहेको छ ।

स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा भ्यालेन्सियाका समर्थकले भिनिसियसविरुद्ध रंगभेदी नारा लगाएका थिए ।