काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

किर्गिस्तानको पहिलो जित

फाइल फोटो

काठमाडौं। किर्गिस्तानले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।

किर्गिस्तानले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बुधबार सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

किर्गिस्तानले खेल २५-१६,२५-११,२५-२० ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै समूह ‘ए’ को किर्गिस्तान तीन अंक जोड्दै तेस्रो स्थानमा रह्यो । तीनै खेलमा पराजय ब्यहोरेको बंगलादेश अंक विहिन रहँदै पुछारमा रह्यो ।

किर्गिस्तानले प्ले अफमा बिहिबार श्रीलंका र मादिभ्सबीचको खेलमा पराजित हुने टोलीको समान गर्नेछ भने बंगलादेशले विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि दुवै टाेली नेपाल र भारतसँग समान ३-० को सोझो सेटमा पराजित भएका थिए ।

बुधबार नै  दिउँसो १२ः३० मा काजकिस्तान र उज्वेकिस्तान,दिउँसो ३ बजे नेपाल र भारत तथा साँझ ५ः३० बजे श्रीलंका र माल्दिभ्स भिड्दै छन् ।