इटालियन सिरी ए

युभेन्टसको पुनः १० अंकको घटुवा

मिलान । आर्थिक अनियमितता गरेको भन्दै इटालियन फुटबल संघले सिरी ए मा युभेन्टसको १० अंक घटुवा गरेको छ । 

यसअघि पनि संघले युभेन्टसको १५ अंकको घटुवा गरे पनि जनवरीमा सो निर्णय रद्द भएको थियो । यस विषयमा संघले पुनः अनुसन्धान गरेको थियो । युभेन्टसले अनियमितता गरेको प्रमाण भेटिएको भन्दै सिरी ए मा १० अंक घटुवा गरिएको हो । 

संघको कारबाहीमा परेसँगै युभेन्टसको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगको छनोट भने कठिन बनेको छ ।

यससँगै युभेन्टस सिरी ए को सातौं स्थानमा झरेको छ । युभेन्टस ३६ खेलमा ५९ अंकसहित सातौं स्थानमा छ । कारबाही अघि भने युभेन्टस ३६ खेलमा ६९ अंकसहित दोस्रो स्थानमा छ ।