स्पेनिस ला लिगा

भिनिसियसमाथि भएको रंगभेदी र्दुव्यवहारविरुद्ध रियालको मुद्दा

मड्रिड । रियाल मड्रिडले स्पेनिस ला लिगाअन्तर्गत आइतबार सम्पन्न भ्यालेन्सियाविरुद्धको खेलमा भिनिसियर जुनियरमाथि भएको रंगभेदी र्दुव्यहारविरुद्ध मुद्दा दर्ता गरेको छ । 
ला लिगाअन्तर्गत आइतबार सम्पन्न खेलमा रियाल १–० गोलले पराजित भएको थियो ।

२२ वर्षीय ब्राजिलियन स्ट्राइकर भिनिसियसलाई इन्जुरी समयमा भ्यालेन्सियाका ह्युगो डुरोसँग झगडा गरेपछि रातो कार्ड दिइएको थियो।

खेलको सुरूदेखि नै रिसाएका भिनिसियसले भ्यालेन्सियाका समर्थकको व्यवहारको विषयमा रेफ्रीसँग कुरा गरेका थिए। ७०औं मिनेटमा खेल रोकिएपछि भिनिसियसले भिडमा रहेका समर्थकहरुले आफूलाई र्दुव्यवहार गरिरहेको संकेत गरेका थिए ।

‘कुनै बेला रोनाल्डिन्हो, रोनाल्डो, क्रिस्टियानो र मेसीले खेलेको ला लिगा आज रंगभेदीहरुको अखडा बनिरहेको छ,’भिनिसियसले घटनापछि इन्स्टाग्राममा लेखेका थिए,‘यो पहिलो पटक होइन । बारम्बार यस्तो भइरहेको छ । ला लिगामा रंगभेद सामान्य बनिसकेको छ । फुटबल महासंघ पनि चुपचाप बसिरहेको छ र विपक्षीहरूले यसलाई प्रोत्साहित गरिहेका छन् । एउटा सुन्दर राष्ट्र जसले मलाई स्वागत ग¥यो। जसलाई म माया गर्छु । मसँग सहमत नहुने स्पेनिससँग माफी चाहन्छु, तर आजभोली ब्राजिलमा स्पेनलाई रंगभेदीको देशको रूपमा चिनिन थालिएको छ ।’

भिनिसियसलाई रंगभेदी र्दुव्यवहार गरेका दुई जना समर्थकको पहिचान भएको तथा भ्यालेन्सियाले उनीहरुलाई रंगशालामा प्रतिबन्ध लगाउने अपेक्षा गरिएको छ ।

ला लिगाले एक विज्ञप्तिमामार्फत अपराध पहिचान भएमा उपयुक्त कानुनी कारबाही गर्ने जनाएको छ । साथै अनुसन्धान गर्ने बताउँदै फुटेज उपलब्ध गराउन सबैलाई आह्वान गरेको छ । 

‘रियाल मड्रिड आइतबार भ्यालेन्सियाविरुद्धको खेलमा भिनिसियस जुनियरमाथि भएको रंगभेदी र्र्दुव्यवहारको भत्सना गर्दछ, ’क्लबले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ, ‘हामीले यसविरुद्धमा मुद्दा दर्ता गरिसकेका छौ ।’