सहिद स्मारक ए डिभिजन लिग

सातदोबाटोलाई खुमलटारको चुनौती

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज रेलिगेशनको संघारमा रहेको एफसी खुमलटारको सामना गर्दा सातदोबाटो युथ क्लब जित लय कायम राख्न चाहन्छ ।

शनिबार सम्पन्न ललितपुर डर्बीमा सातदोबाटोले थ्री स्टार क्लबमाथि २० को जित निकालेको थियो । सो खेलमा विलियम ओपकुले दुई गोल गरेका थिए । सातदोबाटो खुमलटारविरुद्ध पनि विलियमको लय कायम रहेको हेर्न चाहन्छ ।

सातदोबाटो १९ खेलमा २९ अंकसहित चौथो स्थानमा छ । शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडको १९ खेलमा ३७ अंक छ भने दोस्रो स्थानको मच्छिन्द्र फुटबल क्लबको ३४ अंक छ । तेस्रो स्थानको जावलाखेल युथ क्लबको ३३ अंक छ । 

खुमलटारको भने १९ खेलमा १८ अंक छ । यी दुई टोलबीचको खेल दिउँस ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

आजै च्यासल फुटबल मैदानमा हुने खेलमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबको सामना गर्दैछ । थ्री स्टार क्लब १९ खेलमा २६ अंकसहित छैटौ स्थानमा छ । १२औं स्थानमा नेपाल पुलिस क्लबको भने १९ खेलमा २२ अंक छ ।