काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

भारतको लगातार दोस्रो जित

फाइल फोटो

काठमाडौं । उपाधि दावेदार भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

भारतले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा  मंगलबार  सम्पन्र  पहिलो खेलमा किर्गिस्तानलाई ३-० को सोझो सोटमा पराजित गरेको हो ।

भारतले खेल २५-१७,२५-८, २५-८ले आफ्नो पक्षमा पारेको हो।

लगातार दोस्रो जितसँगै समूह ‘ए’ को भारतले ६ अंक जोड्दै सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ ।  लगातार दोस्रो पराजय ब्यहारेको किर्गिस्तान अंक विहिन छ ।

पहिलो खेलमा भारतले बंगलादेशलाई ३-० को सोझो सेटमा हराउँदा किर्गिस्तान घरेलु टोली नेपालसँग ३-० कै सेटमा पराजित भएको थियो ।

समूह चरणको अन्तिम खेलमा बुधबार भारतले नेपाल तथा किर्गिस्तानले बंगलादेशको सामना गर्नेछन् ।

यसैगरी मंगलबार नै दिउँसो १२ः३० बजे काजकिस्तान र श्रीलंका, दिउँसो ३ बजे नेपाल र बंगलादेश तथा साँझ ६ः३० बजे उज्वेकिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।