दोश्रो बागमती प्रदेश खेलकुद

पुरुष फुटबलः मकवानपुर, नुवाकोट र ललितपुरको विजयी सुरुआत

पुरुष फुटबलमा प्रतिस्पर्धा गर्दै नुवाकोट र सिन्धुपाल्चोक (नीलो) का खेलाडी

हैटौंडा । दोश्रो बागमती प्रदेश खेलकुद अन्तर्गत पुरुष फुटबलमा मकवानपुर, नुवाकोट र ललितपुरले विजयी सुरुआत गरेका छन् ।

हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा घरेलु टोली मकवानपुरले सोमबार रसुवामाथि ७-१ को फराकिलो जित निकाल्यो । यसैगरी नुवाकोटले सिन्धुपाल्चोकलाई ३-१ तथा ललितपुरले सिन्धुलीलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराए ।

यसैगरी गौरीटारमा भएको महिला फुटबलको पहिलो दिन चितवनले धादिङलाई २-१ तथा काठमाडौंले भक्तपुरलाई ५-० ले पराजित गरे ।