जुडो

दोस्रो चरणका लागि १६ खेलाडी छनोट

सांकेतिक तस्बिर

काठमाडौं ।  चीनमा आयोजना हुने १९औं एसियाडका लागि जुडोको दोस्रो चरणका लागि १६ खेलाडी छनोट भएका छन् । 

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्टस केन्द्रमा भएको प्रतियोगिताबाट महिला र पुरुषतर्फ समान चार तौलसमूह गरी कुल १६ खेलाडी छनोट भएका हुन् ।

पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास विक र कर्णाली प्रदेशका प्रवीणकुमार दियाली तथा ६६ केजीमुनि नेपाल पुलिसका इन्द्रबहादुर श्रेष्ठ र नेपाल आर्मीका किरण भट्टराई दोस्रो चरणका लागि छनोट भए ।

पुरुषकै ८१ केजीमुनि नेपाल पुलिसका मदु रोक्का मगर र आर्मीका जंगबहादुर सारु तथा सय केजीमाथि तौलसमूहमा नेपाल पुलिसका राजन जोशी र आर्मीका रन्जेश गोलेले दोस्रो चरणमा स्थान बनाए ।

महिलातर्पm ५२ केजी तौलसमूहमा बागमतीकी देवकीमाया श्रेष्ठ र आर्मीकी रोश्ना दंगाल तथा ५७ केजीमुनि पुलिसकी मनिता श्रेष्ठ प्रधान र आर्मीकी सीमाकुमारी चिडी छनोट भएका छन् ।

महिलाकै ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ र बागमतीकी रन्जना खड्का तथा ७८ केजीमाथि आर्मीकी आकृति जोशी र पुलिसकी पूजा राजवंशी दोस्रो चरणका लागि छनोट भए ।

१९औं एसियाड चीनको हान्जाउमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ ।