सहिद स्मारक ‘ए’ डिभिजन लिग

आर्मी र खुमलटारबीचको पहिलो हाफ बराबरी

फाइल फोटो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र एफसी खुमलटारबीचको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १४औं मिनेटमा जगजित श्रेष्ठले आर्मीलाई अग्रता दिलाएका थिए । जगजितको फ्रिकिकलाई खुमलटारका गोलकिपर आशिष मोक्तानले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा गोल भएको थियो ।

३५औं मिनेटमा मोसुके ओलोमाउले खुमलटारलाई बराबरीमा ल्याए । ओलोमाउले राजिव लोप्चनको क्रमलाई आर्मीका गोलकिपर विकेश कुथुले पञ्च गर्दा प्राप्त बललाई पोस्टको दिशा दिएका थिए ।

आर्मी १८ खेलमा ६ जित, सात बराबरी र पाँच हारको नतिजासहित २५ अंक जोडेर छैटौं स्थानमा छ । खुमलटार समान खेलमा पाँच जित, दुई बराबरी र ११ हारको नतिजासहित १७ अंकका साथ पुछारमा छ ।