वैशाख २६, २०८२ शुक्रबार | १५:४०:४७
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

हुँदै छ काभा च्यालेन्ज कप

काठमाडौं । त्रिपुरेश्वरस्थित राखेप कभर्डहल सोमबारदेखि एक साता घरेलु भलिबल समर्थकले खचाखच भरिनेछ । लगातार तेस्रो पटक सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कपको उपाधि जित्ने नेपाली टोलीको समर्थनमा उपस्थित समर्थकको तालीले पूरा त्रिपुरेश्वर नै गुञ्जायमान बन्नेछ ।

बंगलादेशमा भएका पछिल्ला दुई संस्करणको च्याम्पियन भएपछि नेपालले तेस्रो संस्करण आफैं आयोजना गर्दै छ । जेठ ८ देखि १४ सम्म हुने प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, काजकिस्तान, किर्गिस्तान र उज्वेकिस्तान गरी आठ राष्ट्रका खेलाडी आमनेसामने हुनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालले दक्षिणी छिमेकी भारतसँगै दक्षिण एसियाली अर्को प्रतिद्वन्द्वी बंगलादेश र मध्य एसियाको किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । अर्को समूह ‘बी’मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् । भारत र काजकिस्तान यो प्रतियोगिताका नयाँ टोली हुन् । दुवै समूहका विजेता र उपविजेताले सेमिफाइनल यात्रा गर्नेछन् ।

प्रतियोगिताको पहिलो खेल सोमबार बिहान उज्वेकिस्तान र श्रीलंकाबीच हुनेछ ।

नेपालको एउटै लक्ष्य उपाधिमाथि ह्याट्रिक गर्नु हुनेछ । ढाकामा एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका नाममा भएका पछिल्ला दुई संस्करण जितेको नेपाली टोलीलाई यसपालि घरेलु भूमिको फाइदा हुने भएकाले लक्ष्य स्वाभाविक देखिन्छ ।

दुई संस्करणको स्मरण गर्दा नेपालले कुल ११ खेल खेलेको थियो । त्यसमा माल्दिभ्समाथि ३ जित हासिल गरेको थियो भने बंगलादेश, किर्गिस्तान र उज्वेकिस्तानलाई समान दुई तथा अफगानिस्तान र श्रीलंकालाई समान एक पटक पराजित गरेको छ ।

इतिहासमा काभा च्यालेन्ज कप

विगतमा दुई पटकमात्र भएको प्रतियोगिताको इतिहास खासै लामो छैन । बंगलादेशको ढाकामा भएका दुवै संस्करणमा नेपालले उपाधिमा कब्जा जमाएको थियो । २०७६ र २०७८ सालमा भएका पछिल्ला दुई प्रतियोगिता एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका नाममा भएको थियो । यसपालीबाट प्रतियोगितामा थप सहभागिलाई आमन्त्रण गरेर विगतको तुलनामा अझै परिस्कृत रुपमा काभा महिला च्यालेन्ज कपको नाममा गरिन लागेको हो । 

पहिलो संस्करण

काभा महिला भलिबल च्यालेन्ज कपको पहिलो संस्करण २०७६ कात्तिकमा बंगलादेशमा भएको थियो ।  ढाकामा भएको प्रतियोगितामा नेपाल, बंगालादेश, माल्दिभ्स, किर्गिस्तान र अफगानिस्तानले सहभागिता जनाएका थिए ।

समूह चरणमा एकअर्काविरुद्ध एक-एक खेल खेलेपछि शीर्ष दुई टोली उपाधिका लागि भिडेका थिए । जहाँ नेपाल र माल्दिभ्स फाइनलका लागि लायक भएका थिए । नेपाल शीर्षस्थानमा रहँदै फाइनल पुग्दा माल्दिभ्स दोस्रो स्थानमा थियो ।

फाइनलमा नेपालले माल्दिभ्सलाई हराउँदै उपाधि उचाल्दा किर्गिस्तानले आयोजक बंगलादेशमाथि जित हासिल गर्दै तेस्रो स्थान हासिल गरेको थियो ।

दोस्रो संस्करण

काभा महिला च्यालेन्ज कपको दोस्रो संस्करण पनि बंगलादेशमै भएको थियो । २०७८ पुसमा भएको प्रतियोगितामा साबिक विजेता नेपाल, आयोजक बंगलादेश, साबिक उपविजेता माल्दिभ्स, उज्वेकिस्तान र श्रीलंका गरी ५ राष्ट्रको सहभागिता थियो ।

प्रतियोगितामा श्रीलंका र उज्वेकिस्तान नयाँ टिमका रूपमा थपिँदा पहिलो संस्करण खेलेको अफगानिस्तानले भने सहभागिता जनाएको थिएन । यस पटक पनि अघिल्लो संस्करण जस्तै लिग चरणमा एक-अर्काविरुद्ध एक-एक खेल खेलेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

विजेताका रूपमा नेपाल तथा दोस्रो स्थानमा रहेर उज्वेकिस्तान फाइनल यात्रा तय गर्न सफल भए । फाइनलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै उपाधि रक्षा गरेको थियो । यसैगरी श्रीलंका किर्गिस्तानलाई हराउँदै तेस्रो भएको थियो । आयोजक बंगलादेश र साबिक उपविजेता मल्दिभ्सको यात्रा भने समूह चरणमै सीमित रह्यो ।

यस्ता छन् प्रतिस्पर्धी:

विश्व भलिबल महासंघले जारी गरेको पछिल्लो महिला वरियतामा ६१ देशमात्र समेटिएका छन् । त्यसमा काभा च्यालेन्ज कप खेल्नेमध्ये काजाकिस्तानमात्र वरियताक्रममा समेटिएको छ । काजाकिस्तानको विश्व वरियता ४५औं हो । काभा च्याम्पियनसिप खेल्ने अन्य देशहरु वरियतामा समेत अटाउन सकेका छैनन् ।

नेपाल

आयोजक नेपाल प्रतियोगिताको सर्वाधिक सफल टोली हो । नेपालले अघिल्लो दुवै संस्करणमा अपराजित रहँदै उपाधि जितेको थियो ।

पहिलो संस्करणको फाइनलमा माल्दिभ्समाथि २५-१३, २५-१२, २५-८ को सोझो सेटमा जित हासिल गरेको नेपालले दोस्रो संस्करणको फाइनलमा पाँच सेटसम्म संघर्ष गर्दै उज्वेकिस्तानमाथि २६-२४, २४-२६, २५-१५, २२-२५, १५-१० को नतिजा निकालेको हो ।

राखेप कभर्डहलमा सोमबार किर्तिस्तानसँग खेल्दै नेपालले उपाधि ह्याट्रिक अभियानमा प्रतियोगिता सुरु गर्नेछ ।

उज्वेकिस्तान

दुई वर्षअघि ढाकामा उपविजेता बनेको उज्वेकिस्तानको काभा महिला च्यालेन्ज कपमा यो दोस्रो सहभागिता हो । पहिलो सहभागितामै फाइनल पुग्न सफल मध्यएसियाली टोलीलाई प्रतियोगिताको मुख्य दाबेदारमध्ये एक मानिएको छ । उज्वेकिस्तानले सोमबार उद्घाटन खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

बंगलादेश

दुई संस्करणको आयोजक बंगलादेश काभा महिला च्यालेन्ज कपको असफल टिम भन्न हिच्किचाउनुपर्दैन । टोलीले आफ्नै मैदानमा पनि दुवै पटक फाइनल यात्रा गर्न सकेन ।

पहिलो संस्करणमा चौथो स्थान हासिल गरेको बंगलादेशले दोस्रो पटक भने समूह चरणबाटै यात्रा टुंग्याएको थियो । यसपालि फरक भाग्य लेख्ने उद्देश्यका साथ काठमाडौं यात्रा गरेको टोलीले सोमबार दक्षिण एसियाको महारथी भारतसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ ।

माल्दिभ्स

यसअघिका दुवै पटक सहभागिता जनाएको माल्दिभ्सका लागि पहिलो संस्करण निकै स्मरणीय छ । बंगलादेशबाट काभा महिला च्यालेन्ज कपको सुरुआत हुँदा माल्दिभ्सले फाइनल यात्रा तय गरेको थियो ।

दोस्रो पटक भने टोली समूह चरण पार गर्न सफल भएन । यसपालि तेस्रो संस्करणमा माल्दिभ्सले पहिलो दिन नै काजकिस्तानसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ ।

किर्गिस्तान

किर्गिस्तानले पनि अघिल्ला दुवै संस्करणमा सहभागिता जनाएको छ । पहिलो संस्करणमा तेस्रो स्थान हासिल गरेको किर्गिस्तान दोस्रो संस्करणमा चौथो भएको थियो ।

भारत

दक्षिण एसियाली खेलकुदमा निर्विवाद महारथीको हैसियत बनाएको भारतले काभा महिला च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको यो पहिलोपल्ट हो । अन्य खेलजस्तै भलिबलमा पनि भारत यो क्षेत्रमा अग्रणी छ । यही कारण पहिलो पटक खेल्न लागेको भए पनि भारतलाई प्रतियोगितामा उपाधिको मुख्य दाबेदार मानिएको छ । टोलीले सोमबार बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ ।

श्रीलंका

श्रीलंकाले गत संस्करणबाट प्रतियोगितामा ‘डेब्यु’ जनाएको थियो । सहभागिताको पहिलो अवसरमै तेस्रो स्थान हासिल गरेका कारण श्रीलंकालाई यसपालि पनि विपक्षीहरूले कमजोर आँकेर बेवास्था गर्ने छैनन् । तर, पारम्परागत शक्तिका रूपमा नेपाल र उज्वेकिस्तानको उपस्थिति रहेको प्रतियोगितामा नयाँ टोलीका रूपमा भारत र किर्गिस्तानसमेत थपिएकाले श्रीलंकाको यात्रा धेरै लामो नहुने अनुमान छ ।

काजकिस्तान

मध्य एसियामा खेलकुदको इतिहास लामो छ । शारीरिक रूपमा पनि दक्षिण एसियालीको तुलनामा बलिया र अग्ला हुने भएकाले काजकिस्तानलाई पहिलो पटक सहभागिता जनाउन लागेको भए पनि उपाधि दाबेदारमध्ये एकका रूपमा लिइएको छ । तथापि नयाँ टोली भएकाले काजकिस्तान अहिलेसम्म प्रतियोगिताको ‘डार्कहर्स’ हो । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP