इङ्लिस प्रिमियर लिग

माने भित्र्याउने न्युक्यासलको इच्छा

काठमाडौं । इङ्लिस क्लब न्युक्यासल युनाइटेडले सेनेगलका फरवार्ड साडियो माने भित्र्याउने इच्छा देखाएको छ ।

डेली मेलका अनुसार न्युक्यासलले आगामी जुलाई ट्रान्सफर विन्डो मानेलाई जर्मन क्लब बायर्न म्युनिखबाट भित्र्याउने तयारी थालेको छ ।

पछिल्लो समय चोटसँग संघर्ष गरिरहेका मानको बायर्नमा सोचे अनुरुपको प्रदर्शन हुन सकिरहेको छैन।

घुँडाको चोटकका कारण लामो सयम मैदान बाहिर रहेका माने गत फेब्रुअरीमा मैदान फर्किएका थिए । त्यसयता मानेले एक गोल तथा दुई अस्सिस्ट गरेका छन् ।

विभिन्न संञ्चार माध्यममा आएका समाचारका अनुसार माने बायर्नका नयाँ प्रशिक्षक थोमस टुचेलको योजनामा छैनन् । क्लब आगामी जुलाई ट्रान्सफर विन्डोमा माने लगायतका केही खेलाडीलाई अन्यन्त्र पठाउन चाहन्छ ।

यसैगरी इङ्लिस प्रिमियर लिगकै म्यानचेस्टर युनाइटेड पनि माने भित्र्याउन इच्छुक देखिएको छ ।

गत वर्ष प्रिमियर लिग क्लब लिभरपुलबाट बायर्न पुगेका मानेले २४ बुन्डेसलिगा खेलमा सात गोल गरेका छन् ।

मने भने बायर्नमै रहन चहान्छन् ।