इङ्लिस प्रिमियर लिग

लिभरपुलका प्रशिक्षक क्लोपलाई दुई खेलको प्रतिबन्ध

काठमाडौं । रेफ्री पल टियर्नीको बारेमा गलत टिप्पणी गरेको भन्दै इङ्ल्यान्ड फुटबल संघ (एफए) ले प्रिमियर लिगकाे क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपलाई दुई खेलको प्रतिबन्ध लाएको छ ।

  गत अप्रिलमा प्रिमियर लिग अन्तर्गतकाे खेलमा टोटनहममाथि ४-३ को रोमाञ्चक जित निकालेपछि क्लोपले रेफ्री टियर्नीले ब्यक्तिगत दुस्मनीका कारण लिभरपुरविरुद्ध गलत निर्णय गरिरहेको बताएका थिए ।

एफएले क्लोपको टिप्पणीलाई अनुचित आचरण ठहर गरेको छ । एफफएले क्लोपलाई ७५ हजार पाउन्ड जरिवाना पनि लगाएको छ ।

यसैगरी क्लोप गत अक्टोबरमा म्यानचेस्टर सिटीविरुद्ध सहायक रेफ्रीलाई गाली गरेको आरोपमा एफए सुनाएको मुख्य सजायविरुद्ध अपील गरेपछि एक खेलको प्रतिबन्धमा परेका थिए ।

प्रतिबिन्धमा परेपछि क्लबले शनिबार हुने एस्टन भिल्ला तथा अर्को साता हुने साउथह्यामटनविरुद्धको खेलमा टच लाइन सम्हाल्न नपाउने भएका छन् ।