युरोपा कन्फरेन्स लिग

वेस्ट हम युरोपा कन्फरेन्स लिगको फाइनलमा

लन्डन । एजेट अल्कमारमाथि सेमिफाइनल दोस्रो लेगमा १-० को जितसहित वेस्ट हम युनाइटेड बिहीबार युरोपा कन्फरेन्स लिगको फाइन्लमा प्रवेश गरेको छ । 

सेमिफाइनल पहिलो लेगमा २-१ को जित निकालेको वेस्ट हम समग्रमा ३-१ को जितसहित उपाधि संघारमा पुगेको हो ।

युरोपा कन्फरेन्स लिगको उपाधि जितेमा वेस्ट हमले ४३ वर्षदेखीको उपाधि खडेरी तोड्नेछ ।

गत सिजन वेस्ट हम युरोपा कन्फरेन्स लिगको सेमिफाइनलमा जर्मन बुन्डेसलिगाको क्लब फ्रयाकफर्टसँग निराश भएको थियो । इन्जुरी समयको चौथो मिनेटमा फोर्लान्सले गरेको गोल वेस्ट हमको जितमा पर्याप्त बन्यो ।

सन् १९८० मा एफए कप जितेपछि वेस्ट हम उपाधिविहिन बन्दै आएको छ । पछिल्लो ४७ वर्षमा वेस्ट हम युरोपियन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको यो पहिलो पटक हो । 

जुन ८ मा हुने फाइनलमा वेस्ट हमले इटालियन सिरी ए को क्लब फियोरेन्टिनाको सामना गर्नेछ ।