युरोपा लिग

रोमा र सेभिया फाइनलमा

मिलान । युरोपा लिगको उपाधिका लागि साबिकको विजेता सेभिया र रोमा भिड्ने भएका छन ।

रोमाले गत साता सेमिफाइनल पहिलो लेगमा बायर लेभरकुसनमाथि १-० को जित निकालेको थियो । बिहीबार दोस्रो गोलमा गोलरहित बराबरीमा रोकिए पनि रोमा समग्रमा १-० को जितसहित फाइनल प्रवेश गरेको हो । 

सेभियाले भने दोस्रो लेगमा युभेन्टसमाथि २-१ को जित निकाल्दै फाइनलमा स्थान बनायो । पहिलो लेगमा १-१ को बराबरी खेलेको सेभिया समग्रमा ३१ को नतिजासहित फाइनल प्रवेश गरेको ।

६५औं मिनेटमा डुसान भाल्होभिचले गरेको गोलमा युभेन्टसले अग्रता लिएको थियो । ७१औं मिनेटमा सुसोको गोलमा सेभिया खेलमा फर्किएको थियो ।अतिरित्त समयको पाँचौ मिनेटमा लामेलाले गरेको गोल सेभियाको उपाधि रक्षा यात्रा कायम राख्न पर्याप्त बन्यो ।