इङ्लिस प्रिमियर लिग

न्युक्यासलको शीर्ष चारको सम्भावना थप बलियो

लन्डन । कालुम विल्सन र ब्रुनो ग्युमारेजको समान एक गोलमा बिहीबार ब्राइटनमाथि ४-१ को सहज जितसहित न्युक्यासल युनाइटेडले इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भवना बलियो पारेको छ । 

२२औं मिनेटमा ब्राइटनका डेन्जिन उडाबको आत्मघाती गोलमा न्युक्यासलले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा बर्नले गोल गर्दै न्युक्यासलको अग्रता दोब्बर पारेका थिए ।

५१औं मिनेटमा उडाबले गरेको गोलमा ब्राइटनले खेलमा फर्कने संकेत गरेको थियो । ८९औं मिनेटमा विल्सनले गोल गर्दै न्युक्यासलको अग्रता ३१ मा पुर्याएका थिए । इन्जुरी समयको पहिलो मिनेटमा ग्युमारेजले न्युक्यासलका लागि चौथो गोल गरेका थिए ।

न्युक्यासल ३६ खेलमा ६९ अंकसहित तेस्रो स्थानमा छ । जुन चौथौ स्थानको म्यानचेस्टर युनाइटेडभन्दा ३ अंक बढी हो भने पाँचौ स्थानको लिभरपुलभन्दा ४ अंक बढी हो । 

शनिबार पाँचौ स्थानको लिभरपुल एस्टन भिल्लासँग पराजित भएमा पनि न्युक्यासलले च्याम्पियन्स लिगको टिकट पक्का गर्नेछ ।