गोकर्णेश्वर उपमेयर कप महिला कराते प्रतियोगिता

उपमेयर कप महिला कराते शनिबार हुने

काठमाडौं । शंखडोल कराते एकेडेमीको आयोजनामा प्रथम गोकर्णेश्वर उपमेयर कप महिला कराते प्रतियोगिता शनिबार हुने भएको छ ।

‘महिला हिंसा तथा दुव्र्यसनीविरुद्ध कराते’ अभियानअन्तर्गत हुन लागेको प्रतियोगितामा एक  सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक एकेडेमीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिव कारन्जितले जनाए ।

गोकर्णेश्वर नगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा आठ स्पर्धाका खेल हुनेछन् । जसमा ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, खुला, एकल काता, टिम काता र टिम फाइट समावेश छन्।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः  हजार पाँच सय,  एक  हजार र  पाँच/ पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।

एकदिने प्रतियोगिताका खेलहरु गोकर्णेश्वर नगरपालिका वडा ९ को शंखडोलस्थित आयोजकको आफ्नै कभर्डहलमा खेलाइने छ ।