इङ्लिस प्रिमियर लिग

एभर्टनमाथि सिटीको सहज जित

काठमाडौं । लिग लिडर म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा आइतबार एभर्टनमाथि ३-० को सहज जित निकालेको छ ।

जितसँगै ३५ खेलमा ८५ अंक जोडेर शीर्ष स्थानमा रहेको सिटीले उपाधि सम्भावनालाई बलियो बनाएको छ । पराजय ब्यहोरेको एभर्टन ३६ खेलबाट ३२ अंकका साथ १७औं स्थानमा छ ।

एभर्टनको घरेलु मैदान गुडिसन पार्कका सिटीलाई जित दिलाउन इल्के गुन्डोगनले दुई तथा एर्लिङ हाल्यान्डले एक गोल गरे ।

खेलको ३७औं मिनेटमा गुन्डोगनको गोलमार्फत सिटीले अग्रता लिएको थियो । गुन्डोगनले रियाद महारेजको पासलाई सदुपयोग गरेका थिए ।

दुई मिनेट पछि नै गुन्डोगनको पासलाई पोस्टको दिशा दिँदै हाल्यान्डले टोलीको अग्रता दोब्बर बनाए ।

५१औं मिनेटमा गुन्डोगनले ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-० को सहज जित दिलाए ।

लिग अन्तर्गतकै अर्को खेलमा बे्रेन्टफोर्डले वेस्टह्याम युनाइटेडमाथि २-० को जित निकालेको छ ।