लियाेनल मेसी

मेसीविरुद्ध पिएसजी समर्थकको हुटिङ

काठमाडौं । निलम्बनपछिको पहिलो खेलमा फरवार्ड लियोनल मेसीविरुद्ध फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का  समर्थकले हुटिङ गरेका छन्।


फ्रेन्च लिग वान अन्तर्गत शनिबार एजासियोविरुद्धको खेलमा मेसीले बल पाउँदा पिएसजीका समर्थकले सिठ्ठी बजाएर विरोध गरेका थिए। उक्त खेलमा पिएसजी ५-० ले विजयी भएको थियो ।

पिएसजीले अर्जेन्टिनाका कप्तान मेसीलाई क्लबको अनुमतिबिना साउदी अरेबियाको भ्रमण गरेको भन्दै दुई साताका लागि निलम्बन गरेको थियो।

विश्वकप विजेता मेसीको पिएसजीसँगको दुई वर्षको सम्झौता यसै सिजन सकिँदैछ।

मेसीले पिएसजीका लागि सबै प्रतियोगितामा ७२ खेलमा ३१ गोल र ३४ असिस्ट गरेका छन्। उनले गत सिजन लिग वानको उपाधि जितेका थिए।

निलम्बनसँगै मेसीले लिग वानका दुई खेल गुमाएका थिए।