मनाङ मर्स्याङदी क्लब

मनाङको गोलकिपर प्रशिक्षकमा तिम्सिना

काठमाडौं । कीर्तिमानी आठ पटकको सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याड्दी क्लबले गोलकिपर प्रशिक्षकमा अनुभवी मनिष तिम्सिनालाई अनुबन्ध गरेको छ ।

मनाङले भारतीय आईलिगको अनुभव लिइसकेका तिम्सिनालाई लाई ए डिभिजन लिग ०७९–०८० को बाँकी खेलको लागि अनुबन्ध गरेको हो । ‘बाँकी खेलको लागि अनुबन्ध भएको छु । यस अवसरको लागि मनाङलाई धन्यवाद,’ खेलाडीसँग तिम्सिनाले भने ।

मनाङले लिगको १८औं चरणमा आज जावलाखेल युथसँग च्यासल मैदानमा खेल्दैछ। उनी पहिलो पटक मनाङसँग जोडिएका हुन् । घरेलु फुटबलमा पनि तिम्सिना पहिलो पटक अनुबन्ध भएका हुन् ।

‘टोलीको अवस्थाअनुसार अनुबन्ध भएको छु । निकै गाह्रो अवस्थामा छ । यस्तो बेलासँगै रहने निर्णय लिएको हो । तर, निकै च्यालेन्ज छ,’ उनले थपे ।

एएफसी ‘ए’ लाईसेन्स प्राप्त तिम्सिना गोलकिपिङ ‘बी’ लेभल प्राप्त प्रशिक्षक हुन् । यसअघि तिम्सिना भारतीय आईलिग च्याम्पियन गोकुलम केरेलासँग अनुबन्ध थिए । सिजन ब्रेक समयमा तिमल्सिना मनाङसँग जोडिएका हुन् ।

विष्णु गुरुङको प्रशिक्षणमा रहेको मनाङ १७ खेल खेल्दा २१अंकसहित आठौं स्थानमा छ । मनाङले पाँच जित, ६ खेल बराबर र ६ खेलमा हार बेहोरेको छ । यसक्रमा १५ गोल गर्दा १८ गोल बेहोर्याे ।