सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा जावलाखेललाई अग्रता

फाइल फोटो

काठमाडौं । जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

च्यासल मैदानमा जारी खेलको ३४औं मिनेटमा एनकोटो मासोबीले जावलाखेललाई अग्रता दिलाएका थिए । मासेबीले विनोद केसीको थ्रु बललाई नियन्त्रणमा लिँदै मनाङका गोलकिपर दीप कार्कीलाई  बिट गर्दै पोस्टको दिशा दिएका थिए ।

बल पोजिसनमा अगाडी देखिए पनि मनाङले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेन ।

१९औं मिनेटमा साहिदजमोलको फ्रिकिकलाई जावलाखेलका गोलकिपर अनिश देउलाले बचाए ।  

जावलाखेल मनाङलाई पराजित गर्दै शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिन चाहन्छ । जावलाखेलले १७ खेलमा ३० अंक जोडेको छ । यो दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेडसँग बराबरी हो ।

१७ खेलमा २१ अंक जोडेर आठौं स्थामा रहेको मनाङ पनि जावलाखेललाई स्तब्ध बनाउँदै अंक तालिका सुधार गर्ने सोचमा छ ।

मनाङविरुद्ध पहिलो लेगमा जावलाखेले ३-० को सहज जित निकालेको थियो ।