गोन्कालो रामोस

रामोस भित्र्याउने युनाइटेडको चाहना

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज क्लब बेन्फिकाका फरवार्ड गोन्कालो रामोसलाई भित्र्याउने चाहना राखेको छ ।  

दी मिररका अनुसार आफ्नो आक्रमणलाई बलियो बनाउने लक्ष्यमा रहेको युनाइटेडले आगामी जुलाई ट्रान्सफर विन्डोमा रामोसलाई भित्र्याउने तयारी गरिरहेको छ ।

कतार विश्वकप २०२२ को अन्तिम १६ मा स्विट्जरल्यान्डविरुद्ध ह्याट्रिक गरेपछि २१ वर्षीय पोर्चुगिज फरवार्ड रामोसले विश्व फुटबलको ध्यान आफूतिर तानेका थिए ।

बेन्फिकाको युवा टोली हुँदै सन् २०२० मा सिनियर टोलीका लागि डेब्यु गरेका रामोसले ५८ पोर्चुगिज प्रिमेरा लिग खेलमा २८ गोल गरेका छन् ।  

रामोस र बेन्फिकाबीचको सम्झौता सन् २०२६ सम्म छ। प्रिमियर लिगकै क्लब चेल्सीले पनि रामोस भित्र्याउन इच्छा देखाइरहेको छ ।