एसिसी एसिया कप

युएईमा एसिया कप खेल्न श्रीलंका र बंगलादेशको अस्विकार

काडमाडाैं । श्रीलंका र बंगलादेशले एसियन क्रिकेट काउन्सिल (एसिसी) एसिया कप युएईमा आयोजना गर्ने प्रस्तावलाई अस्विकार गरेका छन् ।

आयोजक पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) एसिया कप पाकिस्तानमै होस भन्ने चाहन्छ । तर भारत पाकिस्तान गएर खेल्न तयार छैन ।

क्रिकबजका अनुसार भारतले पाकिस्तान जान अस्विकार गरेपछि पिसिबीले युएईमा प्रतियोगिता आयोजना गर्ने प्रस्ताव गरेको थियो । श्रीलंका र बंगलादेशले सेप्टेम्बरमा   प्रतियोगिता हुँदा युएईमा अत्याधिक गर्मी हुने र खेल्न सहज नहुने भन्दै  त्यहाँ खेल्न नजाने बताएका छन् । 

पिसीबी प्रमुख नजम सेठीले दुबईमा बंगलादेश क्रिकेट बोर्ड र श्रीलंका क्रिकेट बोर्डका अधिकारीहरूलाई भेटे र युएईमा खेल्न मनाउने प्रयास गरे पनि उनीहरुले अस्विकार गरेको बताइएको छ । 

एसिया कपमा नेपाल पनि छनोट भइसकेको छ । नेपालले प्रतियोगिताको समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।