वैशाख २९, २०८२ सोमबार | ००:४६:११
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

आइओएफटिसीको १४औं संस्करण सोलमा हुने

काठमाडौं । कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४औं संस्करण सोलमा हुने भएको छ ।

प्रतियोगिताका संयोजक राजु क्षेत्रीले बिहिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता दक्षिण कोरियाको राजधानी सोलमा आगामी वर्ष आयोजना हुने जाकारी दिएका हुन् ।  प्रतियोगिताको मिति भने तोकिएको छैन । 

अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा आयोजना गर्ने इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपको एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर हुँदै आएको छ ।

पोर्टल्यान्डमा पाँच , नेपालमा चार तथा भारत, बेलायत, हङकङ र अमेरिकाकै मिचिगनमा समान एक संस्करणको आयोजना भइसकेको क्षेत्रीले जनकारी गराएका छन् । 

गत मार्चमा आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जन तथा महासचिव करेन ब्लाकलेजले सोललाई आयोजनाको जिम्मेवारीस्वरुप आइओएफटिसी झन्डा हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, क्यानाडा, पाकिस्तान,अस्ट्रिया ,भारत, हङकङ, चिन, मेक्सिको लगायतका देशकाे सहभागिता रहनेछ । आयोजकले प्रतियोगितामा करीब सात सयभन्दा बढी खेलाडीले भाग लिने अपेक्षा गरेको छ ।

दक्षिण कोरियामा पहिलो पटक इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप हुन लागेको हो । प्रतियोगिताको अघिल्लो संस्करण अमेरिकाको मिचिगनमा भएको थियो । 

प्रतियोगितामा सिनियर पुरुष र महिलाको समान आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुष तथा क्याडेटतर्फ समान १० तौल समूह समवेश गरिएको छ ।

पुम्सेमा सिनियर, जुनियर र क्याडेटतर्फ व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ। यसबाहेक प्रतियोगितामा बोर्ड ब्रेकिड इभेन्ट पनि सामेल छ 

प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र एक सय ३० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । यस्तै बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदकको ब्यवस्था गरिएको छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP