च्याम्पियन्स लिग

रियालविरुद्ध बदलाको भाव छैनः ग्वार्डिओला

लन्डन । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले च्याम्पियन्स लिगअन्तर्गत आज सेमिफाइनल पहिलो लेगमा रियाल मड्रिडको सामना गर्दा बदलाको भाव नभएको प्रतिक्रिया दिएका छन ।

गत सिजन रियालले सिटीको यात्रा सेमिफाइनलमा पूर्णविराम लगाइदिएको थियो । यस पटक सिटीसामु सो हारको बदला लिँदै फाइनलमा स्थान बनाउने अवसर छ ।

पहिलो लेगमा आज रियालले घरेलु मैदान सान्टियागो बर्नाबेउमा सिटीलाई आतिथ्य प्रदान गर्नेछ । ग्वार्डिआलो स्वभाविक प्रदर्शनका साथ फाइनल पुग्नेमा विश्वस्त छन ।

‘रियालविरुद्ध खेल्न सधै कठिन हुने गर्दछ,ग्वार्डिओलाले भने, ’त्यसमाथि घरेलु मैदानमै उनीहरुलाई हराउन अझ कठिन छ । हामी स्वभाविक प्रदर्शमा केन्द्रित छौ । हामी यहाँ बदला लिन आएका होइनौ । हाम्रो लागि च्याम्पियन्स लिगको उपाधि सपनामा थप एक कदम अघि बढ्न यो अर्को अवसर हो । हामी यस पटक उपाधि जित्नेमा विश्वस्त छौ ।'

सिटीले २०२१ मा च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाए पनि चेल्सीसँग पराजित भएको थियो ।