इङ्लिस प्रिमियर लिग

फुलहमसँग लेस्टरको हार

लन्डन । लेस्टर सिटी पराजित भएको दिन सोमबार एभर्टन र नटिङघम फरेस्टले भने जितसहित रेलिगेसन क्षेत्रबाट माथि उठ्ने सम्भावना बलियो पारेका छन । 

लेस्टर फुलहमसँग ५-३ ले पराजित भएको हो । यससँगै लेस्टरको लगातार तीन खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ भने इङ्लिस प्रिमियर लिगको हैसियत जेगाउने सम्भावना पनि कमजोर बनेको छ । 

लेस्टर ३५ खेलमा ३० अंकसहित १८औं स्थानमा छ । जुन १६औं स्थानको नटिङघम फरेस्टको भन्दा ३ र १७औं स्थानको एभर्टनभन्दा २ अंक कम हो । लिगमा अब लेस्टरले मात्र तीन खेल खेल्न बाँकी छ ।

लेस्टरले १६ मे मा लिभरपुल,२३ मे मा न्युक्यासल युनाइटेड र २८ मे मा टोटनहमको सामना गर्न बाँकी छ । लेस्टरलाई प्रिमियर लिगको हैसियत जोगाउन यी सबै खेलमा शतप्रतिशत जित निकाल्नुको विकल्प छैन । 

यता एभर्टनले भने ब्राइटनलाई ५-१ ले र नटिङघमले साउथहमटनलाई ४-३ ले हरायो ।