एएफसी यु-१७ महिला एसियन कप छनोट

जोर्डनमाथि नेपालको सहज जित

काठमाडौं । एएफसी यु-१७ महिला एसियन कप छनोट अन्तर्गत समूह चरणको दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली नेपालले जोर्डनमाथि ४-१ को सहज जित निकालेको छ ।

प्रिन्स मोहमद स्टेडियममा शुक्रबारक नेपाललाई जित दिलाउन सुक्रिया मियाले २ तथा  वर्षा ओली र माया मास्केले समान १ गोल गरे । जोर्डनका लागि पानिसा पिसदरले एक गोल फर्काइन् ।


यससँगै नेपालले २ खेलमा ३ अंक जोड्दा जोर्डनले भने हारबाट छनोटको सुरुआत गरेको छ । जितसँगै समूह ‘एच’को नेपालले दोस्रो पुग्ने संभावना कायमै राखेको छ ।

नेपाल दोस्रो चरणमा पुग्न अब हुने खेलमा जोर्डनले इरानलाई हराउनु पर्ने हुन्छ । त्यो खेल बराबरी भएमा वा इरानले जितेमा नेपाल अघिल्लो चरण पुग्ने छैन ।

पहिलो खेलमा इरानसँग १-० ले पराजित भएको थियो ।

छनोटको पहिलो चरणमा सहभागि टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता छनोटको दोश्रो चरणमा प्रवेश गर्नेछन् ।

जहाँ ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहको शीर्ष दुई टोलीले अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यू(१७ महिला एसियन कपमा स्थान बनाउनेछ ।

आयोजक इन्डोनेसियासँगै २०१९ मा भएको प्रतियोगिताको विजेता जापान, उपविजेता उत्तर कोरिया र तेस्रो भएको चीन भने सिधै छनोट भइसकेका छन् ।