कोपा इटालिया

फियोरेन्टिना कोपा इटालियाको फाइनलमा

मिलान । फियोरेन्टिनाले कोपा इटालियाको फाइनलमा इन्टर मिलानसँगको भेट पक्का गरेको छ । 

पहिलो लेगमा क्रिमोन्सेमाथि २-० को जित निकालेको फियोरेन्टिनाले दोस्रो लेगमा बिहीबार गोलरहित बराबरी खेलेको थियो । फियोरेन्टिना समग्रमा २-० को जितसहित अघिल्लो चरणमा प्रवेश गरेको हो । 

७३औं मिनेटमा क्रिमोन्सेले अग्रता लिने अवसर पाएको थियो । तर चाल्र्स पिकेलको प्रहार फियोरेन्टिनाका गोलकिपर पेइट्रो टेरासियानोले विफल पारेका थिए । त्यस्तै निकोला गोन्जाल्वेजको प्रहार पनि बाहिरिएको थियो । 

फियारेन्टिना सबैखाले प्रतियोगिता गरि पछिल्लो १० खेलमा अपराजित रहेको छ । 

आगामी महिना इन्टरको सामना गर्दा फियोरेन्टिना सातौं पटक कोपा इटालियाको उपाधि जित्ने लक्ष्यमा हुनेछ । 

इन्टरले बुधबार युभेन्टसलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।