इङ्लिस प्रिमियर लिग

केनलाई भित्र्याउने टुचेलको चाहना

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका नवनियुक्त प्रशिक्षक थोमस टुचेलले इङ्लिस क्लब टोटेनहमका स्ट्राइकर ह्यारी केनलाई आगामी ट्रान्सफर विन्डोमा पहिलो प्रथामिकतामा राखेका छन् ।

फुटबल इनसाइडरका अनुसार,‘टुचेलले प्रिमियर लिग क्लब चेल्सीमै रहँदा केनको खेल मन पराएका थिए । त्यसैले टुचेलले आगमी ट्रान्सफर विन्डोमा केन आफ्नो पहिलो प्राथमिकतामा रहेको बोर्डलाई जानकारी गराएका हुन् । ’

केन र टोटेनहमबीचको सम्झौता सन् २०२४ मा सकिँदै छ । तर उनीले गएको जनवरी विन्डोमै क्लब छाड्न चाहेका थिए ।  जुलाई ट्रासन्फर विन्डो नजिकिँदै गर्दा टोटेनहम केनलाई मनाउने कसरतमा लागेको छ ।

यदी क्लबसँगको सम्झौता नबढाएको खण्डमा केनलाई भित्र्याउन स्पेनिस क्लब रियाल मड्रिड र प्रिमियर लिगकै क्लब म्यानचेस्टर युनाइटेडले पनि इच्छा देखाएका छन् ।