वैशाख २८, २०८२ आइतबार | २३:१७:३५
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

शतप्रतिशत जितका साथ एपिएफ फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा ललितपुर मेयर्स-११ लाई ३७ रनले पराजित गरेको छ ।

यससँगै लिग चरणका चारै खेलमा जित निकालेको साबिक विजेता एपिएफ आठ अंकका साथ फाइनल प्रवेश गर्दा चारै खेलमा पराजय ब्यहोरेको ललितपुर अंकविहिन रह्यो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा एपिएफले प्रस्तुत गरेको एक सय ११ रनको लक्ष्य पछ्याएको ललितपुरले  २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै ७३ रन मात्र बनाउन सक्यो ।

ललितपुरका लागि सोनी पाख्रिनले १५ तथा लक्ष्मी चौधरी र सिमा केसीले समान १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपिएफका लागि राजमती ऐरी र विनु बुढा मगरले समान दुई तथा इन्दु वर्मा, कप्तान सीता राना मगर र सुष्मा श्रेष्ठले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १० रनको योगफल तयार पारेको थियो ।

एपिएफका लागि राजमती ऐरीले ५२ बलमा चार चौकाको मद्दतमा अविजि ४१ रन बनाइन् । यसैगरी कप्तान सीता राना मगरले १९ र बिनुु बुढा मगरले १२ रन जोडे ।

ललितपुरका लागि सिमा केसी र शृष्टि जैसीले समान दुई तथा मनिषा उपाध्याय र  सोनी पाख्र्रिनले समान एक विकेट लिए ।

एपिएफले यसअघि मधेस प्रदेशलाई १० विकेट, सुदूरपश्चिम प्रदेशलाई १५ रन तथा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो ।

यसैगरी  यसअघि ललितपुरले सुदूरपश्चिमसँग ५१ रन, कोशीसँग सात तथा मधेससँग एक विकेटको पराजय ब्यहोरेको थियो । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP