सहिद स्मारक ‘ए’ डिभिजन लिग

अपराजित यात्रा कायम राख्ने लक्ष्यमा चर्च ब्वाइज, थ्री स्टालाई जावलाखेलको चुनौती

काठमाडौं ।  सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबार हुने पाँचौं चरणको खेलमा साबिकको विजेता मछिन्द्र फुटबल क्लबको सामना गर्दा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेड आफ्नो अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।

सुरुआती तीन खेलमा क्रमशः नेपाल पुलिस क्लब, एफसी खुमलटार र हिमालयन शेर्पा क्लबलाई पराजित गरेको चर्च ब्वाइज चौथो खेलमा भने संकटासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

गोलरकिपर प्रिसो मछिन्द्रका लागि बाधक बन्न सक्छन् । जारी लिगमा उत्कृष्ट प्रदर्शन गरिहेका प्रिसोले अघिल्लो खेलमा संकटाका मनिष डाँगीको पेनाल्टी प्रहारलाई रोक्दै टोलीको हार टारेका थिए ।

यसैगरी अन्जन विष्ट, आशिष चौधरी जस्ता खेलाडी पनि चर्च ब्वाइजका लागि निर्णायक बन्न सक्छन् ।

चौथो खेलमा आएर जित निकालेको मछिन्द्र पनि त्यसलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

सुरुआती दई खेलमा क्रमशः जावलाखेल र त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजय ब्यहोरेको मछिन्द्रले तेस्रो खेलमा मनाङ मर्स्याङदी क्लबलाई गोलरहित बराबरीमा रोको थियो । चैथो खेलमा मछिन्द्रले नेपाल पुलिस क्लबलाई हराएको थियो ।

गोलकिपर विशाल श्रेष्ठको खराब लय मछिन्द्रका लागि चिन्ताको विषय बन्न सक्छ । विमल घर्ती मगर, ओलावाले अफिज जस्ता खेलाडी मछिन्द्रका प्रमुख हतियार हुन् ।  

अफिजले पछिल्लो खेलमा दुई गोल गरेका थिए मछिन्द्र चर्च ब्वाजविरुद्धको पनि अफिजको त्यो लय कायम रहेको हेर्न चाहन्छ ।

चर्च ब्वाइज र मछिन्द्रबीचको खेल दिउँसो २ः३० बजे च्यासल मैदानमा सुरु हुनेछ ।

यसैगरी दिउँसो २ः३० मै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले जावलाखेल युथ क्लबको समान गर्नेछ ।

पछिल्ला दुई खेलमा जित हासिल गरेको थ्री स्टार जावलाखेलविरुद्ध पनि त्यसलाई निरन्तरता दिन चाहन्छ ।

थ्री स्टारले सुरुआती दुई खेलमा क्रमशः नेपाल एपिएफ फुटबल क्लबसँग हार र फ्रेन्ड्ससँग ३–३ को बराबरीको नतिजा निकालेको थिए । थ्री स्टारले त्यसपछिका दुई खेलमा खुमलटार र सातादोबाटो युथ क्लबलाई पराजित गरेको थियो ।

थ्री स्टारका लागि मार्टिन अजाइ, लाकेन लिम्बु, आदित्य शाक्य लगातयका खेलाडी निर्णायक बन्न सक्छन् ।

लिगको चौथो खेलमा फ्रेन्ड्ससँग पराजय ब्यहोरेको जावालखेल थ्री स्टारलाई हराउँदै आफ्नो लय फर्काउने प्रयासमा हुनेछ ।

अघिल्ले खेलमा रातो कार्ड ब्यहोरेका करण कप्तान सिमान्त थापा भने थ्री स्टारविरुद्धको खेलमा उपलब्ध हुने छैनन् ।

सुरुआती दुई खेलमा क्रमशः मछिन्द्र र  न्यु रोड टिम(एनआरटी) लाई पराजित गरेको जावलाखेलले तेस्रो नेपाल एपिएफसँग गोलरहित बराबरी खेलेको थियो ।

जावलाखेल लागि फोडे फोफना, हिसुब थपलिया, एनकोटो मोसोबी लगायतका खेलाडीमा निर्भर रहनेछ ।