सहिद स्मारक ‘ए’ डिभिजन लिग

मेघराजले अपशब्द बोल्दा खेलाडीको मनोबल डाउन भयोः प्रशिक्षक सुब्बा

काठमाडौं । एफसी खुमलटारका सहायक प्रशिक्षक मदन सुब्बाले सहिद स्मारक ‘ए’ डिभिजन लिगका दौरान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले आफ्ना खेलाडीमाथि अपशब्द प्रयोग गरेको बताएका छन् ।

लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलपछिको पत्रकार सम्मेलनमा सुब्बाले थ्री स्टारका प्रशिक्षक केसीले आफ्ना विदेशी खेलाडी मेसोके ओलोमोउमाथि अपशब्द प्रयोग गरेका आरोप लगाएका हुन् ।

‘थ्री स्टारका प्रशिक्षक मेघराज केसीले हाम्रा विदेशी खेलाडीमाथि अपशब्द प्रयोग गरेका थिए । म यहीँबाट उहाँलाई के सन्देश दिन चाहन्छु भने एउटा प्रशिक्षकका लागि यो सोभनिय विषय होइन’, सुब्बाले भने,‘ उहाँले अपशब्द बोल्दा खेलाडीको मनोबल डाउन भयो । यो एन्फामा जाने विषय भन्दा पनि उहाँ जस्तो अनुभवी प्रशिक्षकले यस्तो नबोलेको भए हुन्थ्यो भन्ने हो । ’

यसैगरी सुब्बाले अगामी खेलमा घाइते खेलाडी पनि टोलीमा फर्किने भएकाले राम्रो प्रदर्शन हुनेमा आशावादी रहेको बताएका छन् ।

‘आगामी खेल देखी घाइते खेलाडी पनि टोलीमा फर्किने छन् । लगातारको दोस्रो हारले केही गाह्रो बनाएको छ । तर हामी लिग उपाधिका लागि नै प्रतिस्पर्धा गर्ने छौं ।’

खुमटारले शुक्रबार सम्पप खेलमा थ्री स्टारसँग २- ०को पराजय ब्यहोरेको थियो । थ्री स्टारलाई जित दिलाउन दुवै गोल मार्टिन अजाइले गरेका थिए ।

पहिलो खेलमा फेन्ड्स क्लबलाई १-० ले हराएर सुखद सुरुआत गरेको खुमटारले दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडसँग ३–१ को हार ब्यहोरेको थियो ।