लोयल्टी कप

लोयल्टी कपः आयोजक लोयल्टी सेमिफाइनलमा

काठमाडौं । आयोजक लोयल्टी ‘ए’ ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ ।

मण्डिखटारस्थित घरेलु मैदानमा बुधबार लोयल्टीले टाइमलाइनलाई ६-० ले पराजित गरेको हो । लोयल्टीका साहिल राईले दुई  तथा शितल तामाङ, बसन्त राउत, अश्विन थापा र येसुब खनालले समान एक  गोल गरे ।

विद्या संस्कार, लिटिल एन्जल्स र त्रिज्योति पनि आ-आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगेका छन् । विद्या संस्कारले काष्ठमण्डपलाई पेनाल्टी सुटआउटमा ४-३  हरायो । निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

लिटिल एन्जल्सले ज्ञानोदयलाई  पेनाल्टी सुटआउटमा ६-५ ले पाखा लगायो । निर्धारित २-२ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । 

त्रिज्योतिले काठमाडौं भ्यालीमाथि ७-१ को सहज निकाल्यो । त्रिज्योतिका आयुष बस्नेत र जेनिथ सुवेदीले ह्याट्रिक गर्दा नवाङ फिन्जु लामाले एक गोल थपे । काठमाडौं भ्यालीका ओसिसजंग केसीले सान्त्वना गोल गरे ।

सेमिफाइनलमा लिटिल एन्जल्सको भेट ज्ञानोदयसंग हुनेछ भने लोयल्टीले त्रिज्योतिको सामना गर्ने छ । सेमिफाइनल बिहीबार हुनेछ ।