कराते

२४ सदस्यीय नेपाली कराते टोली सारजाह प्रस्थान

काठमाडौं । प्रथम इमिरेट्स स्पोर्टस कराते खुला च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २४ सदस्यीय नेपाली कराते टोली बुधबार सारजाह प्रस्थान गरेको छ ।

मार्च तीन देखि पाँच तारिखसम्म हुने प्रतियोगितामा मोहनलाल थापा, मन्दिप खड्का, श्रीकिसुन शाह, गणेश पाइजा, देवकुमार तामाङ, रोजिता ढुंगेल, विनिता श्रेष्ठ, निरुपा दोङ तामाङ, सुस्मिता वाइबा, सोनु श्रेष्ठ, बिनुमाया तामाङ, अमृत तामाङ, रामकुमार जिसी र प्रेमप्रसाद नेपालले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा रामकुमार थारु र सिताराम लामा, व्यवस्थापकमा सुदर्शन थापा, निर्णायकमा साइला गमाल तथा अफिसियलमा कृष्णकुमार राई, राकेश शाक्य, भीमप्रकाश मल्ल, अनिता आङडेम्बे, रिना लिम्बू र विधानकुमार श्रेष्ठ रहेका छन् ।
 

२४ मध्ये सात सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधबारै बिदाई गरे ।