केपी ओली कप

केपी ओली कपः मछिन्द्र फाइनलमा

काठमाडौं । आयोजक केपी ओली एफसीलाई १-० ले पराजित गर्दै मछिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो सेमिफाइनल खेलको १९ औं मिनेटमा विमल घर्तिमगरले गरेको एक मात्र गोल मछिन्द्रलाई जित दिलाउन निर्णायक बन्यो ।

 मछिन्द्रले चर्च व्वाइज युथ क्लबाई २-१ तथा केपी ओली एफसीले जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए ।

 मछिन्द्रले उपाधिका लागि बुधबार सातदोबाटो युथ क्लबसँग खेल्नेछ ।

सातदोबाटोले पहिलो सेमिफाइालमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा  ६-५ ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।