फाल्गुन १४, २०८२ बिहीबार | १६:१५:२०
एमबाप्पे चाँडै निको भएर मैदान फर्किने रियालको आशा नव जन जागृतिविरुद्ध पुलिसको सानदार जित आम निर्वाचनमा खेल प्रतिनिधिः रास्वपाको समानुपातिक सूचिमा लेजेन्ड क्रिकेटर ज्ञानेन्द्र मल्ल टियुमा २ वर्ष पछि खेल्दै पुरुष टोली जित्नै पर्ने खेलमा जिम्बाब्वेसँग खेल्दै भारत जय ट्रफीको तेस्रो राउण्डको खेल आजबाट राष्ट्रिय लिगमा आज तीन खेल हुँदै रियाल र पिएसजी अन्तिम १६ मा प्रवेश न्युजिल्यान्डको सम्भावना बढ्यो श्रीलंका विश्वकपबाट बाहिरियो एमबाप्पे चाँडै निको भएर मैदान फर्किने रियालको आशा नव जन जागृतिविरुद्ध पुलिसको सानदार जित आम निर्वाचनमा खेल प्रतिनिधिः रास्वपाको समानुपातिक सूचिमा लेजेन्ड क्रिकेटर ज्ञानेन्द्र मल्ल टियुमा २ वर्ष पछि खेल्दै पुरुष टोली जित्नै पर्ने खेलमा जिम्बाब्वेसँग खेल्दै भारत जय ट्रफीको तेस्रो राउण्डको खेल आजबाट राष्ट्रिय लिगमा आज तीन खेल हुँदै रियाल र पिएसजी अन्तिम १६ मा प्रवेश न्युजिल्यान्डको सम्भावना बढ्यो श्रीलंका विश्वकपबाट बाहिरियो

महासचिव र कोषाध्यक्ष बर्खास्तगीको विषय एजेन्डामै राखिएन, असन्तुष्ट सदस्य भन्छन्ः ‘नेतृत्वको बलमिचाईं अति भयो, अब खति हुन्छ’

काठमाडौं । तीन उपाध्यक्षसहित कार्यसमितिका बहुमत १२ सदस्यको मागविपरित अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले यही फागुन १७ गते बुधबार हुने कार्यसमिति बैठकमा महासचिव र कोषाध्यक्षको बर्खास्तगीसहितका विभिन्न पाँच एजेन्डा नथप्ने निर्णय गरेका छन् ।

तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी र दीपक खतिवडा तथा कार्यसमिति सदस्यहरु रुपेश अधिकारी, महेन्द्र क्षेत्री, रविन्द्रबहादुर चन्द, भोजराज शाही, भरत बुढ थापा, राम जोशी, सरला श्रेष्ठ, रमेश ब्यन्जनकार, पेमा लामाले शुक्रबार एन्फा अध्यक्षलाई पत्र लेख्दै एजेन्डा थपको माग गरेका थिए ।

एन्फा सचिवालयले त्यसअघि बुधबार विभिन्न १९ एजेन्डामा छलफल गर्न भन्दै फागुन १७ गते बुधबार बिहानका लागि कार्यसमितिको बैठक बोलाएको थियो । एन्फा सचिवालयले १९ एजेन्डामाथि छलफल गर्ने भन्दा पनि कार्यसमितिभित्रै विवादित बन्दै आएको फिफा विश्वकप टिकटको ‘अवैधानिक विक्री’, खेलाडीका पुरस्कार लगायतका विषय समावेश थिएनन् ।

२१ सदस्यीय कार्यसमितिका तीन उपाध्यक्ष र ९ सदस्यसहित १२ जनाले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तगी माग गरेका थिए । यसअघि पनि कार्यसमितिका बहुमत १४ सदस्यले जर्मन नागरिक नवीन पाँडेलाई विदेश विभाग प्रमूखबाट हटाउनुपर्ने भन्दै यस्तै पत्र बुझाएका थिए । तर पछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले पाँडेलाई आफ्नो व्यक्तिगत सल्लाहकारमा नियुक्त गर्दै त्यो संकट टारेका थिए ।

यसका साथै गत नोभेम्बर/डिसेम्बरमा कतारमा भएको विश्वकपका लागि फिफाबाट प्राप्त दुई सय ९० मध्ये सयभन्दा बढि टिकट दुरुपयोग भएको भन्दै उठेको विषयमाथि पनि छलफल हुनुपर्ने उनीहरुको एजेन्डा थपको पत्रमा उल्लेख छ ।
यसैगरि एसियाली फुटबल महासंघ (एएफसी)का विभिन्न समितिका लागि नाम सिफारिस गर्ने सम्बन्धमा, उमेर समूह र सिनियर राष्ट्रिय (महिला तथा पुरुष) विजेता टिमका खेलाडीहरुलाई घोषित पुरस्कार वितरण गर्ने सम्बन्धमा तथा गएको असोज १२ गते विशेष साधारणसभाबाट नियुक्त भएका न्यायीका निकायको सदाचार परिक्षण सम्बन्धमा पनि कार्यसमिति बैठकमा छलफल हुनुपर्ने माग राखिएको थियो ।

दुई उपाध्यक्ष विराटजंग शाही र दीपक खतिवडासहित आठजनाले संयुक्त तथा अर्का उपाध्यक्ष दीर्घबहादुर केसी, सदस्यहरु भोजराज शाही, भरत बुढ थापा र राम जोशीले इमेलबाट व्यक्तिगत पत्र दर्ता गराएका थिए । संयुक्त पत्र दर्ता गराउने सदस्यहरुमा रुपेश अधिकारी, महेन्द्र क्षेत्री, रविन्द्रबहादुर चन्द, रमेश ब्यन्जनकार, पेमा लामा र सरला श्रेष्ठ थिए ।

एन्फा सचिवालयका तर्फबाट महासचिव किरण राईले कार्यसमिति सदस्यहरुलाई पत्राचार गर्दै उनीहरुको मागअनुसार एजेन्डा थप नगर्ने जानकारी गराएपछि असन्तुष्ट सदस्यहरु आन्तरिक छलफलमा छन् ।

‘एन्फामा नेतृत्वको बलमिचाईं खपिनसक्नु भयो । विधानअनुसार बहुमत सदस्यले माग गर्दा पनि एजेन्डा थप नगर्नुजत्तिको बलमिच्याईं अरु हुन सक्दैन,’ छलफलमा रहेका एन्फा कार्यसमितिका एक सदस्यले भने, ‘कार्यसमितिको बैठकमा छलफल गर्न पनि पाइन्न भने लोकतन्त्रको अनुभूति कहाँ र कसरी गर्ने ? एन्फा नेतृत्वको यो निरंकुशताविरुद्ध अब हाम्रो संघर्षको स्वरुप फरक हुनेछ । हामी छलफलमा छौं । नेपाली फुटबलको रक्षाका लागि उचित निर्णय लिएर अगाडि आउँछौं । नेतृत्वको बल मिच्याईं अति भयो, अब खति हुन्छ ।’

एन्फाले  बुधबार फागुन १७ गतेका लागि कार्यसमिती बैठक बोलाउँदा समावेश गरेका १९ एजेन्डाः

१.  अन्तर्राष्ट्रिय थ्रिनेसन कप आयोजना बारे
२.  महिला ओलम्पिक छनोट प्रतियोगिता बारे
३.  ‘ए’ डिभिजन लिग तथा महिला राष्ट्रिय लिग सञ्चालन गर्न आगामी  चार वर्षको योजना बारे
४.  ‘बी’ र ‘सी’ डिभिजन लिग सञ्चालन बारे
५.  जिल्ला लिग सञ्चालन बारे
६.  यस वर्षको महिला लिग आयोजना बारे
७.  विद्यालय स्तरिय महिला र पुरुष दुई÷दुई वटा उमेर समुहको प्रतियोगिता आयोजना बारे
८.  पदपूर्ति समितीले सिफारिस गरिएको कर्मचारी नियुक्ती बारे
९.  महिला र फुटसलको  फ्रेन्चाईज प्रतियोगिता बारे
१०.  महिला एकेडेमी बारे
११.  प्रदेश संघको अधिवेशन बारे
१२.  फुटसल लिग आयोजना बारे
१३. फ्रेन्चाइज लिगको लागि नेपाल स्पोर्टस इभेन्ट्स म्यानेजमेन्ट( एनइएसएम) लाई प्रतियोगिताको समय उपलब्ध गराउने बारे
१४. राष्ट्रिय टोली र संघलाई आवश्यक खेलकुद सामग्रीहरु स्पोन्सरशिप र खरिद बारे
१५. विभिन्न देशमा संघको समन्वय समिति गठन गर्ने बारे
१६. स्थायी समिती तथा अन्य आवश्यक समिति गठन बारे
१७. आपतकालिन समिती गठन बारे
१८. सिइओ, सहायक महासचिवहरु लगयत कर्मचारी पदाधिकारी नियुक्ती बारे
१९. विविध


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||