आइसिसी लिग टु

पिएनजीविरुद्ध कुशलको अर्धशतक

फाइल फोटो

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालका ओपनर कुशल भुर्तेलले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कुशलले ५९ बलमा पाँच चौकाको मद्दतमा अर्धशतक प्रहार गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रियमा कुशलको यो चौथो अर्धशतक हो ।

नेपाल अहिले दुई सय चार रनको लक्ष्य पछ्याइ रहेको छ ।  कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ७६ रनको साझेदारी गरेका थिए । आसिफ ४४ रन बनाएर आउट भए ।